Rumpum Advertisement

प्रदेश २ का मन्त्री यादवले कोरोना जिते

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश २ का मन्त्री यादवले कोरोना जिते

जनकपुरधाम, ३ भदौ । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनको रिर्पोट नेगेटिभ आएको हो ।

अघिल्लो दुई परीक्षणमा भने रिपोर्ट पोजेटिभ आएको थियो । काेराेनाबाट मुक्त भएपनि केही दिन अझै होम आइसाेलेशमा नै आराम गरेर काममा फर्किने उनले जानकारी दिएका छन् ।

आफू संक्रमित भएपछि होम आइसोलेसनमा नै बसेर पोषिलो खाने कुरा खानुका साथै सकारात्मक सोच, नियमित व्यायाम गर्दै आएकोले चाँडै कोरोनामुक्त भएको उनले बताए ।

उनले विश्व स्वास्थ्य संकठनका मापदण्डअनुसार दुई सातासम्म होम आइसोलेशनमा बसेर चिकित्सकसँगको नियमित परामर्शमा उपचार गर्ने गरेको जानकारी पनि दिए ।