Rumpum Advertisement

डीएसपीसहित थप सातजनामा कोरोना संक्रमण

Neuro Revised Adv
Koshi Dashain ad
डीएसपीसहित थप सातजनामा कोरोना संक्रमण

सिरहा, ३ भदौ । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित थप सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

संक्रमितहरू २५ देखि ५५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । उनीहरू सबैलाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख यादवले बताए ।

योसँगै सिरहामा कोरोना संक्रमितको संख्या २७४ पुगेको छ । तीमध्ये २०९ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण सिरहाको गोलबजार नगरपालिका–१२ र विष्णुपुर गाउँपालिका–१ का २२ र ४० वर्षका दुईजनाको मृत्यु भइसकेको छ । रासस