Rumpum Advertisement

प्रदेश २ मा पहिलो पटक महिला फोटो पत्रकार पुरस्कृत

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश २ मा पहिलो पटक महिला  फोटो पत्रकार पुरस्कृत

पर्सा, १ भदौ । प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत भएकी छिन् ।

वीरगञ्जबाट प्रकाशित प्रतीक दैनिको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७ यसवर्ष मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी छिन् ।

प्रतीक दैनिकको कार्यालयमा आज आयोजित एक कार्यक्रममा बीच प्रधान सम्पादक जगदीश शर्माले २५ हजार रुपैयाँ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका छन् ।

हरेक वर्ष कार्यदक्षता तथा फोटो पत्रकारिताको अधारमा पत्रिकामा प्रकाशित फोटोमार्फत् छनोट भएका एकजनालाई पुरस्कृत गर्दै आएको पुरस्कार मध्य नेपाल पत्रिकाकी कविता खड्कालाई प्रदान गरिएको हो ।

२०७३ सालदेखि मध्य नेपाल, सन्देश पत्रिका र मध्य नेपाल अनलाइन आफ्नो नेतृत्वमा सञ्चालन गर्दै आएकी पत्रकार कविता खड्का विगत तीन वर्षदेखि निरन्तर प्रतिष्पर्धामा सहभागी हुँदै आए पनि यसवर्ष आफू पुरस्कृत भएकोमा ज्यादै खुसी लागेको बताइन् ।

कोरोना कहर तथा लकडाउन भएकाले प्रतीक दैनिकको कार्यालयलाई निसंक्रमित गरेर पञ्जा, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको प्रधान सम्पादक तथा सुवोध स्मृति प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माले बताए ।

यसअघि यो पुरस्कार राम सर्राफ, राम क्षेत्री, उत्तम खड्गी, जीतलाल श्रेष्ठ, मनीष पौडैल, जियालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य, पंकज श्रेष्ठले प्राप्त गरेका छन् ।

यसैगरी कोरोनाको महामारीको समयमा जोखिम मोलेर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई समेत सम्मान गरिएको छ ।

यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद १० हजार रुपैयाँ र स्तम्भकार विनोद गुप्तालाई नगद पाँच हजार रुपैयाँसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।