Rumpum Advertisement

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा

Neuro Revised Adv
Koshi Dashain ad
कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा

विराटनगर, १ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशका तीन जिल्लामा सोमबार बिहानबाट निषेधाज्ञा जारी गरिएको छ ।

अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै तीन जिल्ला सुर्खेत, जुम्ला र मुगुमा निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने जनाइएको छ ।

निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारीजस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।

त्यस्तै स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैंक, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन् । एम्बुलेन्स, शववाहन, दमकल, भीआईपीका झण्डासहितका गाडी, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन, प्रेस तथा सञ्चारकर्मीका सवारी साधन पनि निषेधाज्ञा अवधिमा चलाउन पाइने स्थानीय प्रशासनले जनाएको छ ।