Rumpum Advertisement

पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १११ पुग्यो

Neuro Revised Adv
Koshi Dashain ad
पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १११ पुग्यो

पर्सा, ३० साउन । पर्सामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ सय ११ पुगेको छ । कूल संक्रमितमध्ये १५ जना भारतीय नागरिक रहेका छन् ।

संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा, २० जना अस्पताल सफाइकर्मी पनि रहेका छन् ।

अहिले सम्म कोभिड १९ को कारण १९ जनाको मृत्यु भएको छ । १ जना भारतीय एक जना वेवारिसे बाराका २ रौतहटका १ एक जना रहेका छन् । बारा र रौतहटका समेत गरी पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

पर्सामा १४ हजार ८ सय ३४ जनाको पिसिआर परीक्षण गरिएको छ । कोरोना संक्रमित ३ सय २५ जना होम आइसोलेसनका नाममा आइसोलेशनभन्दा बाहिर रहनु नै पर्साको लागि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने चुनौती बनेको छ ।

पर्सामा कोरोनाभाइरसबाट संक्रमितहरु मध्य १ सय ९८ पुरुष र ४३ महिला गरी २ सय ४३ जना निको भएर घर फर्किसकेका छन् ।