Rumpum Advertisement

काठमाडौंबाट भागेका सुन तस्कर अन्सारी निजगढबाट पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंबाट भागेका सुन तस्कर अन्सारी निजगढबाट पक्राउ

बारा, २९ साउन । काठमाडौंको कमलादीबाट फरार रहेका सुन तस्कर ईल्ताफ हुसेन अन्सारीलाई प्रहरीले बाराको निजगढबाट पक्राउ गरेको छ ।

नक्कली सुन बरामद प्रकरणमा बारा प्रहरीले अन्सारीलाई निजगढबाट पक्राउ गरेको हो । बाराको प्रष्टोका वडा नं.२ निवासी अन्सारीलाई लिन महानगरीय अपराध महाशाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

महाशाखाकै सूचनाका आधारमा बारा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षकको नेतृत्वमा बिहीबार बिहान महाशाखाले अन्सारीलाई लिन टोली पठाएको हो ।

सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

सुनचाँदी र दुई थान पेस्तोल बरामद गरेको थाहा पाएपछि उनी स्कोर्पियो गाडी छाडेर अन्सारी भागेका थिए । सुन प्रकरणमा प्रहरीले भारतीय नागरिकहरू देवान पटेल, कौशल पटेल, विजय पटेल, निलेश सखिया, ट्याक्सी चालक सन्दीप गुरुङ, न्युरोडमा मोबाइल पसल सञ्चालन गर्ने उमेश श्रेष्ठ, न्युरोडकै सुन पसलमा काम गर्ने मनीष मल्लिकसहित प्रहरी जवानद्वय बहादुर सिंह कठायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

घटनामा निर्दोष देखिएका जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको थियो ।

भारतीय नागरिक सञ्जय पटेल फरार सूचीमा छन् ।