Rumpum Advertisement

जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरधाम, २७ साउन । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणका कारण मृत्युभएको छ ।

जनकपुरमा रामा होटल सञ्चालन गर्दै आएका ७३ वर्षीय गिरीको काठमाडौको मेडिसिटी अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि केही दिनअघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

वि.सं. २०४४ सालमा जनकपुर नगरपालिकाको मेयर भएका गिरी पछिल्लो समय होटल संचालन र व्यवस्थापनमा सक्रिय थिए ।