Rumpum Advertisement

सप्तरी र सिरहामा १२ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरी र सिरहामा १२ संक्रमित थपिए

विराटनगर, २७ साउन । सप्तरी र सिरहामा गरी मंगलबार १२ जनाको संक्रमण पुष्टि भएको छ ।

राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा सिरहाका आठ र सप्तरीका चार जनाको संक्रमण पुष्टि भएको हो । सिरहाका एकै वडाका सातजनामा संक्रमण पुष्टि भएको हो ।

सिरहाको सुखीपुर नगरपालिका–९ का ४२, २८, २६, २९, २२, २१, ३५ वर्षका पुरुष र वडा नं. २ का २५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही नगरपालिका–६ का ३४ वर्षीय, ९ का २७ वर्षीय, १० का ३० वर्षीय र वडा १२ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।