Rumpum Advertisement

सेती अस्पतालमा पीसीआर प्रयोगशाला

Neuro Revised Adv
Koshi Dashain ad
सेती अस्पतालमा पीसीआर प्रयोगशाला

कैलाली, २७ साउन । सेती प्रादेशिक अस्पताल धनगढीमा नयाँ पीसीआर मेसिनसहितको प्रयोगशाला स्थापना भएको छ ।

प्रयोगशालाको आज बिहान मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक भएको मुख्यमन्त्री भट्टले बताए । उनका अनुसार अस्पतालमा सीटी स्क्यान, एमआरआईलगायतका सेवा थप गरिने छ ।

जनशक्तिको अभावमा पीसीआर मेसिनको क्षमताअनुसार परीक्षण गर्न नसकिएको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले बताए । उनले जनशक्ति थप गरिदिनसमेत माग गरे ।
पर्याप्त जनशक्ति भएमा दैनिक एक हजार जनाको पीसीआर परीक्षण गर्न सकिने उनको भनाइ छ ।