Rumpum Advertisement

नदीको भँगालोमा फसेका २५ जनाको रातारात उद्दार

Neuro Revised Adv
Koshi Dashain ad
नदीको भँगालोमा फसेका २५ जनाको रातारात उद्दार

कैलाली, २७ साउन । कैलालीका दुई नदीको बीच भँगालामा फसेका २५ जनालाई सशस्त्र प्रहरीले उद्दार गरेको छ ।

मोहना नदी र खुटिया नदीको भँगालोमा फसेका २५ जनालाई सशस्त्र प्रहरीले गएराति १० बजेतिर उद्दार गरेको हो ।

धनगढी उपमहानगरपालिका–१९ मा ललितपुरको नयाँ बस्तीका वासिन्दा खेतीको काम गर्न मोहना र खुटिया नदीको संगम क्षेत्रमा गएका थिए ।

उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हे.क्वा. कैलालीबाट सशस्त्र प्रहरी नायव निरीक्षक किसनसिंह टेरको कमाण्डमा खटिएको टोलीले सकुशल उद्दार गरेको सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले बताए ।