Rumpum Advertisement

दुई चिकित्सकसहित बारा र पर्सामा थपिए ७९ संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
दुई चिकित्सकसहित बारा र पर्सामा थपिए ७९ संक्रमित

विराटनगर, २७ साउन । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका दुई चिकित्सकसहित पर्सा र बारामा ७९ चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रायणी उपक्षेत्रीय अस्पताल प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना संक्रमण पाइएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार त्यसमा डाक्टर, स्वास्थ्यकर्मी, प्रहरी र सर्वसाधारण छन् ।

नेसनल मेडिकल कलेज (वीरगन्ज) का दुई चिकित्सकसहित तीन कर्मचारी, नारायणी अस्पतालका तीन स्टाफ नर्स र दुई कार्यालय सहयोगी तथा एकजना सशस्त्र प्रहरी भएको डा. उपाध्यायले बताए । वीरगन्जकै भवानी हस्पिटलका छ कर्मचारी पनि संक्रमित भ एको बताइएको छ ।

संक्रमितमा तीन वर्षदेखि ७६ वर्ष उमेरबीचका २२ महिला र अरू पुरुष छन् ।