Rumpum Advertisement

चिनीको झोलामा पेस्तोल, एक युवक पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
चिनीको झोलामा पेस्तोल, एक युवक पक्राउ

जनकपुर, २६ साउन । जनधपुरधामबाट एक युवक स्वचालित पेस्तोलसहित पक्राउ परेका छन् । धनुषा प्रहरीले सोमबार धनुषा जिल्लाको मुखियापट्टी मुसरहनिया गाउँपालिका–३ बस्ने २१ वर्षीय सुजित यादवलाई पक्राउ गरेको हो ।

जनकपुरधाम–१० बाह्रबिघा क्षेत्रमा हातहतियार बेचबिखनको लागि ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिको प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले ज१ह ३१९२ नम्बरको ट्याम्पोमा चेक जाँच गर्दा सोही ट्याम्पुमा बसेका यादवले कालो रंगको प्लाष्टिकको झोलामा राखेको चिनीभित्र लुकाइछिपाइ राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद गरेको छ ।

प्रहरीले ४.५ लेखिएको अटोमेटिक पेस्तोलका साथै त्यसमा प्रयोग गर्ने म्याग्जिन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवकको विषयमा थप अनुसन्धान गर्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।