Rumpum Advertisement

ब्राउन सुगरसहित छजना पक्राउ

Neuro Ad
ब्राउन सुगरसहित छजना पक्राउ

सिरहा, २६ साउन । लागूपदार्थ ब्राउन सुगर प्रयोग तथा ओसारपसार गर्ने छजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुका साथबाट लुकाई राखेको एक ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसमेत बरामद गरेको छ ।

गोलबजार–६, ढोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले घरमा बिक्रीका लागि लुकाई राखेको ब्राउन सुगरसहित छजनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारले गुप्तासहित स्थानीय २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी निरीक्षक जनक पुरीको कमाण्डमा गएको टोलीले गुप्तासहित ओसारपोसारमा सहयोग गर्ने र सेवन गर्नेहरुलाई समेत पक्राउ गरेको सिरहा प्रहरीका सूचना अधिकारी विनोद घिमिरेले बताए ।