Rumpum Advertisement

धनुषामा कोरोना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
धनुषामा कोरोना संक्रमितको मृत्यु

जनकपुर । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार मृत्युभएको उनको आज कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युु हुनुअघि उनमा रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ का पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उनी जनकपुरस्थित विनयतारा फाउन्डेशनमा विगत ५ महिनादेखि सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए । ती पुरुषमा पाँच दिन अघिदेखि रुखाखोकी र टाउको दुख्नेलगायतको समस्या देखिएको मिथिला बिहारी नगरपालिका–५ का वडाध्यक्ष विनोद मण्डलले जानकारी दिए ।

उनी ललिया गाउँबाट कामका लागि दैनिक जनकपुरस्थित फाउन्डेसनमा काम गर्न आवतजावत गर्दै आइरहेका थिए । कोरोनाबाट धनुषामा अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ ।