Rumpum Advertisement

वीरगञ्जमा थप एक संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
वीरगञ्जमा थप एक संक्रमितको मृत्यु

वीरगञ्ज, २६ साउन । कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १५, भेडियाहीकी ४५ वर्षीय महिलाको संक्रमणका कारण मृत्यु भएको हो ।

उनको मृत्युपछि मात्र स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए ।

पर्सामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

पर्सामा यसअघि ज्यान गुमाउने अधिकांश संक्रमितमा पनि मृत्युपछि मात्रै परीक्षण गरिएको थियो ।

ती महिलाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि शनिबार राति नारायणी कोराना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप र थाइराइडबाटसमेत पीडित थिइन् ।

यसैबीच पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारी, प्रहरीलगायतमा पनि कोरोना संक्रमण देखिएको छ ।

समुदायमै कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा विगत दुई सातादेखि निषेधाज्ञा छ ।