Rumpum Advertisement

जनकपुरधाममा साउनमा निषेधाज्ञा नहट्ने

Neuro Revised Adv
Koshi Dashain ad
जनकपुरधाममा साउनमा निषेधाज्ञा नहट्ने

जनकपुरधाम, २५ साउन । बढ्दै गरेको कोरोना भाइरसको संक्रमण जोखिममा ध्यानमा राखेर धनुषा प्रशासनले निषेधाज्ञाको म्याद थप गरेको छ ।

थप गरिएको म्याद अनुसार अब जनकपुरमा साउन ३२ गतेसम्म नै निषेधाज्ञा कायम रहने छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले समय थप गर्ने निर्णय गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका र उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहनेछ ।

अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएका प्रजिअ भट्टराईले बताए ।