Rumpum Advertisement

जनकपुरधाममा दुई जना कोरोना आशंकित बिरामीको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
जनकपुरधाममा दुई जना कोरोना आशंकित बिरामीको ज्यान गयो

जनकपुरधाम, २५ साउन । धनुषा जिल्लाको जनकपुरधाममा कोरोनाको लक्षण जस्तै देखिएको दुई जनाको आइतबार मृत्यु भएको छ ।

जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेसन अस्पतालमा सुरक्षा गार्डको रूपमा कार्यरत एक जना पुरुषको शंकास्पद मृत्यु भएको हो ।

बिहान ७ बजे शौचालय गएपछि श्वासप्रश्वासमा समस्या भएपछि फाउन्डेसन अस्पतालमै ल्याउँदा उनको बाटोमा मृत्यु भएको थियो । पाँच दिनदेखि उनलाई ज्वरो आइरहेको र स्थानीय स्तरमै पसलमा औषधि किनेर खाने गरेको थिए ।

मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला विहारी–५ ललियाका घर भएका ५० वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

त्यसै गरी काब्या हस्पिटलमा मुटु र दमका रोगी रहेका धनुषाको सवैला नगरपालिका घर भएका ५० वर्षीय एक पुरुषको मृत्यु जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

मृतक दुवैको शवबाट कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीले स्वाब, रगतसहितको आवश्यक वस्तु लिईसकेको धनुषाका प्रमुख जिल्ला अधिकार प्रेमकुमार भट्टराईले जानकारी दिए ।

हाल कोरोनाको शंका मात्र भएकाले दुवैको शव शद्गतका लागि शव परिवारको जिम्मा लगाएको र परीक्षण रिपोर्ट आएपछि कोरोना पोजेटिभ भएको खण्डमा मृतकको सम्पर्कमा रहेकाहरूको कोरोना परीक्षण गरिने भएकाले सीमित व्यक्तिलाई मात्र संस्कारमा जानका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारीले भट्टराईले जानकारी दिए ।