Rumpum Advertisement

बझाङमा ठूलो समूहमा सलह किराको प्रवेश

Neuro Revised Adv
Koshi Dashain ad
बझाङमा ठूलो समूहमा सलह किराको प्रवेश

बझाङ, २२ साउन । बझाङ जिल्लामा पहिलोपटक ठूलो समूहमा सहल किराको झुण्ड प्रवेश भएको छ ।

खप्तड छान्ना गाँउपालिकावाट प्रवेश भएको सलह किराको झुण्ड बाजुरा अछाम भएर आएको हुनसक्ने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्र बझाडका प्रमुख दिलबहादुर सिंहले यो किराको झुण्ड बझाङमा आएर तितरवितर भएर छविसपाथीभेरा, दुर्गाथली, केरारस्युँ, खप्तड छान्ना, थलारा, सुर्मा, साइपाल, तल्कोट, गाँउपालीमा सानो सानो झुण्डमा सहल किरा देखिएको जानकारी दिएका छन् ।

ठूलो समूहमा आएका किरा सानो–सानो समूहमा फाँटेको हुँदा अन्नबालीमा खासै ठूलो क्षति नभएको उनले भने ।

सलह किरा जिल्लामा प्रवेश भएपछि किसानहरू चिन्तित भएका छन् ।