Rumpum Advertisement

गण्डकी प्रदेशमा जोरबिजोर प्रणाली लागू नहुने

Neuro Revised Adv
Koshi Dashain ad
गण्डकी प्रदेशमा जोरबिजोर प्रणाली लागू नहुने

पोखरा, २२ साउन । सरकारले बिहीबारदेखि लागू गरेको सवारी साधनमा जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा भने लागू नहुने भएको छ ।

दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सरकारले आजदेखि जोर बिजोर प्रणाली लागू गरेकोमा गण्डकी प्रदेशका कुनै पनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नभएका कारण यस प्रदेशमा जोर बिजोर प्रणाली लागू गर्न नपर्ने भएको हो ।

सरकारले जोर दिन जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन मात्र चलाउन दिने र दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६६ पुगेको छ ।