Rumpum Advertisement

प्रदेश २ मा मन्त्री र सांसदलाई नै कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश २ मा मन्त्री र सांसदलाई नै कोरोना

विराटनगर, २२ साउन । मुलुकमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला प्रदेश २ सरकार एक मन्त्री र महिला प्रदेश सांसदमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई बुधबार साँझ कोरोना संक्रमण रहेको पुष्टि भएको हो । उनी काठमाडौंबाट साउन १८ गते आएका थिए । १९ गते उनको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो ।

मन्त्री यादवले पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भए पनि आत्तिनु पर्ने अवस्था नरहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । आफ्नो सम्पर्कमा रहेका सबै जनालाई उनले पीसीआर परीक्षणका लागि आग्रह गरेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्यमा पनि बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

प्रदेश २ मा हालसम्म कोरोनाका कारण २१ जनाको मृत्यु भइसकेको छ ।