Rumpum Advertisement

नारायणी नदीमा हामफालेकी युवतीको १२ घण्टापछि जीवितै उद्धार

Neuro Revised Adv
Koshi Dashain ad
नारायणी नदीमा हामफालेकी युवतीको १२ घण्टापछि जीवितै उद्धार

चितवन, २० साउन । नारायणी नदीमा हामफालेकी युवतीको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । सोमबार सांँझ पुलबाट नारायणी नदीमा हामफालेकी युवतीको मंगलबार चितवन प्रहरीले जीवितै उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सोमबार सांँझ ६ः२० मा गैडाकोटतर्फ २२ वर्षीया ती युवतीले हामफालेको खबर पाउनसाथ खोजी कार्य तीब्र बनाइएको थियो ।

मंगलबार बिहान साढे ६ बजे रामघाट नजिक नाराणयी नदीको टापुमा चिच्याएर हात हल्लाउंँदै गरेको देख्नासाथ वडा प्रहरी कार्यालय, नारायणगढबाट रवरबोटसहितको टोलीले जीवितै उद्धार गरेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

हाल उनलाई परिवारका सदस्यको साथ कार्यालयको महिला सेलमा परामर्शको लागि राखिएको थापाले बताए ।