Rumpum Advertisement

बाँकेमा चार दिन निषेधाज्ञा थप

Neuro Revised Adv
Koshi Dashain ad
बाँकेमा चार दिन निषेधाज्ञा थप

बाँके, २० साउन । बाँके जिल्लामा कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि चार दिनका लागि निषेधाज्ञा अवधि बढाइएको छ ।

नेपाल भारत सीमा नाका जोडिएकाले दिनप्रतिदिन जोखिम बढेको भन्दै स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आजको बैठकले आइतबारदेखि लागू निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमणको खतरा बढेकाले साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।