Rumpum Advertisement

सर्लाहीमा सात दिनका लागि निषेधाज्ञा जारी

Neuro Revised Adv
Koshi Dashain ad
सर्लाहीमा सात दिनका लागि निषेधाज्ञा जारी

सर्लाही, २० साउन । जिल्ला प्रशासन कार्यालय सर्लाहीले भोलि बिहानदेखि लागू हुने गरी सात दिनका लागि निषोधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

कोराना भाइरसको सम्भावित संक्रमण रोक्न भोलि बिहान ६ बजेदेखि २७ गते राति १२ बजेसम्मका लागि निषोधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा औषधोपचार, खाद्य वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, अनुमति प्राप्त सवारीसाधन, एम्बुलेन्स, बिरामी बोक्ने गाडी दमकल दूध बोक्ने गाडी स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेकका सवारी जिल्लाभर सञ्चालन गर्न नदिने निर्णय गरिएको उनले बताए ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्रीवितरणबाहेक अन्य पसल खोल्न नदिने, कुनै पनि रूपमा भेला, आमसभा, सम्मेलन भोजभतेर जस्ता सामूहिक कार्य नगर्न–नगराउन समेत प्रशासनले आग्रह गरेको छ ।