Rumpum Advertisement

नौ वर्षअघि बिस्फोट गराउने पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
नौ वर्षअघि बिस्फोट गराउने पक्राउ

बाँके, २० साउन । नौ वर्षअघि मालपोत, भूमिसुधारलगायत कार्यालयमा बम बिस्फोट गराएर फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

सरकारी कार्यालय बम बिस्फोट गराएर फरार भएका डुडुवाका केशव राढलाई बाँके प्रहरीले नौ वर्षपछि मंगलबार पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक ओमबहादुर रानाकाअनुसार २०६८ मंसिर१४ गते उनले भूमिसुधार र मालपोत कार्यालयमा बम बिस्फोट गराएका थिए । उनलाई २०७२ साल माघ १८ गते जिल्ला अदालतले छ–छ महिना कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सरकारी कार्यालयबाहेक अन्य बिस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । ६ चैत २०६८ साविक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले १८ माघ २०७२ मा छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

अहिले बाँके प्रहरीले फरार अभियुक्त खोजतलास गर्ने अभियान सञ्चालन गरेकाले राढ पक्राउ परेको उपरीक्षक राना बताउँछन् ।