Rumpum Advertisement

बारामा एक युवालाई रक्सी भनेर एसिड पिलाइयो

Neuro Revised Adv
Koshi Dashain ad
बारामा एक युवालाई रक्सी भनेर एसिड पिलाइयो

बारा, २० साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रक्सी भनेर एक युवकलाई एसिड पिलाएको पाइएको छ । जीतपुरसिमरा–१९ इनर्वासिरामा भर्जिन रक्सीको बोतलमा एसिड पिलाउँदा उनको मुख र पेटभित्रको भित्री भाग जलेको अस्पताल स्रोतले जनाएको छ ।

एसिड पिउनेमा जीतपुरसिमरा–१९ का १८ वर्षीय पवन साह रहेका छन् । उनलाई रक्सी पसल सञ्चालक वर्ष २० का उमेश साहले आइतबार रक्सी भनेर एसिड पिलाएको पारिवारिक स्रोतले आरोप लगाएको छ ।

पीडितको उपचार नेशनल मेडिकल कलेजमा सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको वडाध्यक्ष सुधन दास तत्माले जानकारी दिए । उनले पीडित पवनको अवस्था ज्यादै गम्भीर रहेको बताएका छन् ।

‘सुरुसुरु मा आफूकहाँ पवन नआएको उमेशले बयान दियो । एसिड पनि आफूले नपिलाएको दाबी गर्‍यो । पछि केरकार गर्दा भर्जिनको बोतलमा राखेको एसीड पवन आफैंले पिएको उमेशले बयान दियो’, ईनर्वा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नागेन्द्र पान्डेले बताए ।

उमेशले नै आफूलाई रक्सी भनेर एसिड पिलाएको पवनले बताएपछि आफूहरूले उमेशलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक पाण्डेले बताए ।

एसिड पिलाएको आरोप लागेका उमेशलाई सोमबार इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा पठाइएको छ । उनमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।