Rumpum Advertisement

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

Neuro Revised Adv
Koshi Dashain ad
पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

वीरगञ्ज, २० साउन । पर्सामा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकार, नेपाली सेना, थुनुवासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकाहरुमा २८ जना पुरुष र ६ जना महिला छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् ।

उपाध्यायका अनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ जना मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ वर्षका तीनजना नेपाली सेना, पर्सा वीरगन्जका २२ वर्षका एकजना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० वर्षका एकजना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका एक÷एकजना डाक्टर रहेका छन् ।

त्यसैगरी वीरगन्जका विभिन्न वडाका २१ देखि ५६ वर्षका १५ जना, स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ देखि ४९ वर्षका पाँचजना, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर २ का एकजना पुरुष र दुईजना महिला रहेका छन् भने पर्सा जिल्लाको सेढवाका २२ वर्षका एकजना युवा रहेको मेसु उपाध्यायले जानकारी दिए ।

त्यसैगरी बारा जिल्ला कलैयाका २९ बर्षका एकजना पुरुष र बारा जिल्ला फेटा गाँयपालिका वडा नम्बर ४ का २८ वर्षका एक जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ वर्षका एकजना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालको प्रयोगशालमा साउन १४ गतेदेखि १८ गतेसम्म स्वाब संकलन गरी परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।