Rumpum Advertisement

जलेश्वरनाथ नगरपालिकामा २५ कर्मचारीलाई कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
जलेश्वरनाथ नगरपालिकामा २५ कर्मचारीलाई कोरोना

बर्दिवास, १९ साउन । महोत्तरीको जलेश्वरनाथ नगरपालिकामा २५ जना कर्मचारीमा कोरोना संक्रमित भएका छन् ।

नगरपालिकाका ५४ जना कर्मचारीहरूको पीसीआर परीक्षणमा सोमबार २५ जना कर्मचारीको कोरोना भाइरस पोजिटिभ आएको हाे ।

सोमबर महोत्तरीमा ३० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

उनका अनुसार जलेश्वरनाथ नगरपालिकाका २५ जना कर्मचारी र २ जना सर्वसाधारण रहेका छन् भने लोहारपट्टी नगरपालिकामा १ जना, नेपाली सेनाको रणभिम गण प्रकौलीमा १ जना नेपाली सेना र भंगहा नगरपालिकामा १ कोरोना संक्रमण पुष्टि भएको छ ।

जलेश्वर नगरपालिका भित्रका ५३ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी झाले बताए ।