Rumpum Advertisement

प्रदेश २ का ६ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश २ का ६ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, १९ साउन । साेमबार प्रदेश नंं २ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का ६ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण एक जना शाखा अधिकृत, नायव सुब्वासहितका ३ जना तथा २ जना सवारी चालकमा संक्रमणको पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उक्त कार्यालयमा कार्यरत रहेका सबैको स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरूमा कोरोना पुष्टि भएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार अहिले प्रदेशको अन्य मन्त्रालयहरुको कर्मचारी तथा पदाधिकारीहरूको स्वाब संकलन गर्ने काम भइरहेको छ ।

यसैगरी, प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत रहेका २ जना चिकित्सक सहित १४ जनामा कोरोनाको संक्रमण भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।

यसअघि प्रादेशिक अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण भएको थियो ।

पछिल्लो पटक संक्रमित हुनेहरूमा स्टाफ नर्स, पारामेडिकल कर्मचारी, ल्यावका कर्मचारीहरू तथा सफाइका कर्मचारीहरू रहेका छन् ।

धनुषामा पछिल्लो २४ घण्टामा मात्र ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

महोत्तरीमा ३० जना, पर्सामा ३८ जना, बारामा ३ जना, सिरहामा र सर्लाहीमा १– १ जना गरेर कूल १ सय ३ जनामा कोरोनाको संक्रमण भएको सामाजिक मन्त्रालयले पुष्टि गरेको छ ।