Rumpum Advertisement

विराटनगरमा लकडाउन : घटेन बजारकाे चहल पहल

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा लकडाउन : घटेन बजारकाे चहल पहल

विराटनगर, १८ साउन । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपनि नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले लकडाउन गरेको छ ।

लकडाउनको पहिलो दिन शनिबार बजार पसल सुनसान थिए । तर दोस्रो दिन आइतबार लकडाउनको उल्लङघन भएको छ ।

लकडाउनमा बजारका पसल बन्द भएपनि सडकमा हुने मानिसको चहलपहलमा भने कमी आएको थिएन् ।

दुई साताका लागि गरिएको लकडाउन अवधिमा खाद्यान्न, औषधी पसल, दूध, पानी, ग्याँस, इन्धन, अक्सिजन, वारुणयन्त्र, एम्बुलेन्स सेवा, अस्पताल तथा नर्सिङ होम, आइसिपिबाट आउने–जाने मालवाह सवारी साधन, सरसफाई र सञ्चार सेवा बाहेक अन्य सेवा र सेवाप्रदायक कार्यालय बन्द गर्न महानगरले सूचना जारी गरेको छ । तर महानगरको आग्रह पालना भएको देखिदैन ।

अत्यावश्यक कामका लागि बाहेक महानगर क्षेत्रभित्र मानिसलाई घरबाहिर ननिस्कन महानगरले आग्रह गरेपनि निजी सवारी साधनमा मानिसहरु बाहिर निस्कीरहेका छन् ।

पूराना र नयाँ गुद्री बजारका फलफूल तथा तरकारी पसलबाहेक अन्य स्थानका सम्पूर्ण पसलहरु बन्द गर्न महानगरले सूचनामा जानकारी गराएको भएपनि साना तथा ठूला व्यापारीले सडकका पेटीमा तरकारी, फलफूल तथा अन्य किसिमका पसल सञ्चालन गरिरहेका छन् । साना पसल तथा होटलहरु खुला थिए ।