Rumpum Advertisement

कर्णालीमा एकजनामा पनि देखिएन कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
कर्णालीमा एकजनामा पनि देखिएन कोरोना

सुर्खेत, १८ साउन । आज कर्णाली प्रदेशमा एकजना पनि कोरोना भाइरस संक्रमण पुष्टि भएन ।

कर्णाली प्रदेशका विभिन्न प्रयोगशालमा गरिएका परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएका सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

‘आइतबार एकजना पनि कोरोना संक्रमणका बिरामी फेला परेनन्,’ उनले भने, ‘शनिबार भने सल्यानमा एकजनामा कोरोना संक्रमण देखिएको थियो ।’

‘कर्णालीमा दुई सय ११ जना छन् आइसोलेसनमा छन्,’ उनले भने, ‘कोरोनाका कारण कर्णालीमा अहिलेसम्म छजनाको मृत्यु भइसकेको छ ।’