Rumpum Advertisement

सुदूरपश्चिममा थप २३ जना संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
सुदूरपश्चिममा थप २३ जना संक्रमित

डडेल्धुरा, १८ साउन । सुदूरपश्चिम प्रदेशमा आइतबार थप २३ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो ।

कैलालीका २२ र बैतडीका एक गरी २३ जनामा संक्रमण भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएको थियो ।

कैलालीको बर्दगोरी गाउँपालिका–५ का तीन महिला र पाँच पुरुष गरी आठजना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका–५का दुई पुरुष, जोशीपुर गाउँपालिका–१का एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै धनगढी उप–महानगरपालिकाका दुई पुरुष, घोडाघोडी नगरपालिका–१ र गोदावरी नगरपालिकाका एक–एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । बैतडीको पाटनका २६ वर्षीय युवकमा समेत कोरोना पुष्टि भएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय १५ पुगेको छ । संक्रमण पुष्टि भएका ३ हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भईसकेको छ ।