Rumpum Advertisement

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

भरतपुर, १६ साउन । चितवनमा बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले बिहीबार साँझ ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।