Rumpum Advertisement

वीरगन्जमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
वीरगन्जमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १६ साउन । कोरोना संक्रमणका कारण वीरगन्जमा एकै दिन तीन जनाको मृत्यु भएको छ । बिहीबार वीरगन्जमा तीन पुरूषकाे कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी छन् ।

नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार मृत्यु हुने ६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन् । उनी मुटु रोगको विरामी थिए ।

३५ वर्षीय युवक र ७५ वर्षीय वृद्धको पनि कोरोनाको कारण मृत्यु भएको हो ।

३५ वर्षिय युवकमा ज्वरोको समस्या देखिएको थियो। उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो। ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।