Rumpum Advertisement

भाटभटेनीको सामग्री बोकेको ट्रक त्रिशुलीमा खस्यो, चालक हामफालेर बाँचे

Neuro Ad
भाटभटेनीको सामग्री बोकेको ट्रक त्रिशुलीमा खस्यो, चालक हामफालेर बाँचे

चितवन, १५ साउन । चितवनको इच्छाकामना गाउपालिका–५ स्थित मुग्लिन नजिकैबाट आज (बिहीबार) बिहान एउटा ट्रक त्रिशुली नदीमा खसेको छ ।

आज बिहान ७ः३० बजेको समयमा बिराटनगरबाट काठमाडौं जाँदै गरेको भाटभटेनीको सामग्री बोकेको ना ३ ख ७९८७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । ट्रक पुरै नदिमा डुबेकोले देखिएको छैन ।

विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रकसँग ठोक्किएर सो ट्रक त्रिशुलीमा खसेको हो ।

ट्रकका चालक राजेन्द्र बस्नेत भने हामफालेर बाँच्न सफल भएका छन् ।

उनको अहिले मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने अर्को ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।