Rumpum Advertisement

मध्यरातमा पिसाब फेर्न निस्किएकी युवती नफर्किएपछि …

Neuro Revised Adv
Koshi Dashain ad
मध्यरातमा पिसाब फेर्न निस्किएकी युवती नफर्किएपछि …

जनकपुरधाम, १३ साउन । धनुषमा राति पिसाब घरबाट निस्किएकी युवती बलात्कृत भएकी छिन् । क्षिरेश्वनाथ नगरपालिका–३ मा दलित समुदायकी १८ बर्षीया युवती बलात्कृत भएकी हुन् ।

सोमबार राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्किएका बेला स्थानीय कलाम राइनले घरबाटै लगी बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

युवती नफर्किएपछि उनको खोजी सुरु भएको थियो । उनलाई बिहान ३ बजेतिर राइनले नै घर छोड्न आएपछि घटनाको रहस्य खुलेको थियो ।

पिसाब फेर्न गएका बेला राइनले नै जबरजस्ती लगेर बलात्कार गरेको बताएपछि आफन्त र गाउँलेले राइनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । आफन्त र स्थानीयको कुटपिटबाट राइन घाइते भएका छन् ।

पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।