Rumpum Advertisement

कोरोना संक्रमणबाट युवकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमणबाट युवकको मृत्यु

धनुषा, १२ साउन । कोरोना भाइरसको संक्रमणबाट धनुषामा आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ ।

रुघाखोकी र ज्वरोबाट पीडित भएपछि शहीदनगर–८ डुमरियाका ती युवक प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा ंबाटैमा मृत्यु भएको थियो ।

ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए ।

धनुषामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । २ नं. प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।