Rumpum Advertisement

धनुषामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
धनुषामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु

जनकपुर, १२ साउन । धनुषामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आइतबार शहीदनगर–८ डुमरियाका ३८ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना संकलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ । धनुषामा कोरोना संक्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।