Rumpum Advertisement

दुई बालिकाको डुबेर मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
दुई बालिकाको डुबेर मृत्यु

विराटनगर, ११ साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, गौरीशंकर हरकठवामा बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

रामपृत महतोकी १३ वर्षीया छोरी अन्जलीकुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरतीकुमारी महतोको डुबेर मृत्यु भएको अवस्थामा स्थानीय प्रकाश महतोको पोखरीमा शव भेटिएको हो ।

बाख्रा चराउन गएका उनीहरु अवेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा शनिबारराति ९ः ३० बजेतिर पोखरीमा शव फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको जनाए ।