Rumpum Advertisement

चितवनमा डेंगु र स्क्रबटाइफसबाट एकजनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
चितवनमा डेंगु र स्क्रबटाइफसबाट एकजनाको मृत्यु

चितवन, ६ साउन । भरतपुर महानगरपालिका– १ ठिमुराका एकजनाको स्क्रबटाइफस र डेंगुबाट कारण मृत्यु भएको छ ।

मंगलबार बिहान भरतपुर अस्पतालमा डेंगु तथा स्क्रबटाइफसबाट ३२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय, चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

स्वास्थ्यावस्था नाजुक भएपछि २९ असारमा उनलाई भरतपुर अस्पतालको सघन कक्षमा उपचारको लागि ल्याइएको थियो । उनको ज्वरोसंँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

मुसामा टांँसिने किर्ना जस्तो देखिने माईटस नामक जीवाणुबाट स्क्रबटाइफस रोग सर्दछ । यो रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने गर्छ ।