Rumpum Advertisement

बाराको एकै गाउँपालिकामा ४६ जनामा कोरोना भेटिएपछि निषेधाज्ञा जारी

Neuro Revised Adv
Koshi Dashain ad
बाराको एकै गाउँपालिकामा ४६ जनामा कोरोना भेटिएपछि निषेधाज्ञा जारी

वीरगञ्ज, ५ साउन । बाराको देवताल गाउँपालिकामा ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै निषेधाज्ञा जारी गरिएको छ ।

गए राति ११ जना महिलासहित ४६ जनामा संक्रमण पुष्टि भएसँगै गाउँपालिकालाई सोमबारबाट पूर्ण रूपमा सिल गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देवताल देवताल गाउँपालिकाको एरिया भित्र निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा हाटबजार पूर्ण रूपमा बन्द गरी स्थानीय बासिन्दालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।

यसअघि वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा गए राति बारा देवताल गाउँपालिकाका ४६ र पर्साका चार जना गरी ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।