Rumpum Advertisement

आफ्नै छोरीमाथि पटक-पटक बलात्कार, ४५ वर्षीय बाबु पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
आफ्नै छोरीमाथि पटक-पटक बलात्कार, ४५ वर्षीय बाबु पक्राउ

बैतडी, ३१ असार । बैतडीको पञ्चेश्वरमा आफ्नै ११ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ ।

पञ्चेश्वर गाउँपालिका-४ की बालिकालाई बलात्कार गरेको आरोपमा उनकै ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।

हिजो जबर्जस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिए ।

उनले ती बालिकाको शरीरमा निलडाम भएको, बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा जाने गरेको खुल्नमा आएको बताए ।

बलात्कृत ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

उनले श्रीमतीको मृत्युपछि मादकपदार्थ सेवन गरी छोरीलाई पटकपटक जबरजस्ती गर्ने गरेको खुलेको बताए । यो कुरा आफूहरूले थाहा पाएपछि प्रहरीलाई बुझाएको बताए ।

पक्राउ गरेको ती व्यक्तीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।