Rumpum Advertisement

आफ्नै आमालाई बलात्कार गरी बिष सेवन

Neuro Revised Adv
Koshi Dashain ad
आफ्नै आमालाई बलात्कार गरी बिष सेवन

बैतडी, ३१ असार । बैतडीको पुरचौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्तीकरणी गरेको आरोपमा ३२ वर्षीय छोरा पक्राउ परेका छन् ।

मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरि नुवान नामक बिषादी सेवन गरेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीशंकर जैसीले बताए ।

आमालाई बलात्कार गरि बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।