Rumpum Advertisement

भरतपुरमा थप १९ जनामा कोरोना पोजेटिभ

Neuro Revised Adv
Koshi Dashain ad
भरतपुरमा थप १९ जनामा कोरोना पोजेटिभ

चितवन, ३१ असार । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

३० असारमा ३०९ जनामा गरिएको परीक्षणमा १९ जनामा कोरोना पोजेटिभ देखिएको हो । बांँकी २८९ जनाको नमुना परीक्षण नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार नवलपुर जिल्लाको कावासोती र बुलिङटारमा ११ जना संक्रमित थपिएका छन् ।

चितवनको माडी नगरपालिकाका वडा नम्बर १, ७, ८ का ८ जना पुरुषमा कोरोना संक्रमति भएको हो ।

यसैगरी कावासोती ५ र ८ का २ पुरुष, बुलिङटारका ८ पुरुष र एक महिलामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।