Rumpum Advertisement

साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

Neuro Revised Adv
Koshi Dashain ad
साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत, ३१ असार । कर्णाली प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार सूचना जारी गर्दै १ गते बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउने सङ्क्रान्ति तथा देउडा पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी दिए ।