Rumpum Advertisement

भारतबाट मल ल्याउन पाउनुपर्ने माग राख्दै प्रदर्शन

Neuro Revised Adv
Koshi Dashain ad
भारतबाट मल ल्याउन पाउनुपर्ने माग राख्दै प्रदर्शन

कञ्चनपुर, ३० असार । कञ्चनपपुरको भीमदत्त नगरपालिका-१३ का किसानहरू भारतबाट मल ल्याउनु पाउनु पर्ने माग गर्दै आन्दोलित भएका छन् ।

मलखादको अभाव भएपछि भारतबाट ल्याउन दिनुपर्ने माग राख्दै मंगलबार दोधाराचाँदनी झोलुङ्गे पुलमा स्थानीयहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले झोलुङ्गे पुलमा तालासमेत लगाएका थिए । जसले गर्दा झोलङ्गे पुलमा आवागमन केहीबेर बन्द भएको थियो ।

आफ्नो खेतमा हाल्नको लागि मलखाद नभएको र सरकारले अहिलेसम्म पनि कुनै व्यवस्था नगरेकोले आफूहरू आन्दोलन गर्न बाध्य भएको किसानहरूको गुनासो छ ।