Rumpum Advertisement

टीकापुरका ५३ जना कोरोना जितेर घर फर्किए

Neuro Revised Adv
Koshi Dashain ad
टीकापुरका ५३ जना कोरोना जितेर घर फर्किए

टीकापुर, कैलाली, ३० असार । कैलाली, टीकापुरका ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टायता २४ जना निको भएर घर फर्किएसँगै जम्मा निको हुनेको संख्या ५३ पुगेको टीकापुर नगरपालिकाले जनाएको छ ।

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वलबहादुर रावलका अनुसार टीकापुर नगरपालिकाका जम्मा संक्रमित ६९ जना रहेका र ५३ जना निको भएर घर फर्किएपछि अब १६ जना मात्र आइसोलेशनमा रहेका छन् ।

१६ जनामध्ये ३ जना महिलाको टीकापुर अस्पतालको आइसोलेसन र १३ जनाको टीकापुरको सिटी हलमा निर्माण गरीएको आइसोलेसनमा उपचार भइरहेको शाखा प्रमुख रावलले बताए ।