Rumpum Advertisement

सप्तरीमा कोशी नदीले बगाएर ल्याएको हरिण भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरीमा कोशी नदीले बगाएर ल्याएको हरिण भेटियो

सप्तरी, २८ असार । सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिण फेला परेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५/३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

स्थानीयवासी अरुण मुखियाले कोशी नदीबाट निकालेर आफ्नो घरमा ल्याइराखेको हरिणलाई इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको टोलीले आफ्नो कार्यालयमा ल्याएको छ ।

त्यसलाई आज जिल्ला वन कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए । रासस