Rumpum Advertisement

विराटनगरको होटल जेनियल बन्द

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरको होटल जेनियल बन्द

विराटनगर,२५ असार । विराटनगरको होटल जेनियल बन्द भएको छ । कोरोना महामारीका कारण विराटनगरकाे पहिलाे ठूलाे लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको हो ।

हाेटल २२ वर्षयता सञ्चालनमा थियाे । तर कोरोना महामारीका कारण आर्थिक भार थपिएपछि सञ्चालक टिमले बन्द गर्ने निर्णय गरेको हो । ‘कोरोना महामारीका कारण होटल बन्द गर्याै ।’ सञ्चालक हरिभक्त सिटौलाले कोशी अनलाइनसँग भने ‘ कर्मचारीलाई पनि बिदा गरिसक्यौं ।’

चीनकाे वुहानमा काेराेना संक्रमण देखिएपछि हाेटलमा मन्दी सुरू भएकाे थियाे । ११ चैतमा सरकारले लकडाउन घाेषणा गरेपछि हाेटल सञ्चालन हुन सकेन् ।

अब होटल पून खोल्न सक्ने सम्भावना कम रहेकाे उनले बताए । ‘कोरोना महामारी कतिसमय जाला हेरौं ।’ उनले भने ‘ सुरक्षा गार्ड र सरसफाई कर्मचारीलाई राखेका छौं, फेरी सञ्चालन गर्न गाह्राे हाेला ।’ ४२ जनालाई नियमअनुसार बिदा गरेको उनले बताए ।

श्रम कार्यालय र ट्रेड युनियनका प्रतिनिधि राखेर नियमअनुसार कामदारले पाउने उपदान, सुविधा दिएर ११ असारबाट होटल बन्द गरेको उनले बताए ।

होटल जेनियल ५ पुस २०५५ बाट सञ्चालनमा आएकाे थियो । स्वीमिङपुलसहितको होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ मिटिङ हल २ वटा रेस्टुरेन्ट छन् ।