Rumpum Advertisement

दशगजामा दुख्यो देश ! (फाेटाे फिचर)

Neuro Revised Adv
Koshi Dashain ad
दशगजामा दुख्यो देश ! (फाेटाे फिचर)

देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको प्रतीकको रुपमा सीमा स्तम्भ हुन्छ ।

सीमा स्तम्भ ! सुन्दै शरीरका राैं ठाडा हुन्छन् । त्यसलाई भैंसी बाँध्ने थलो बनाउँदा कस्तो लाग्छ ? कस्तो सन्देश देला ?

श्रद्धा र राष्ट्रभावले शिर उँचो हुने सीमा स्तम्भमा भैंसी बाँध्ने थलो बन्छ भने कति ठेस लाग्छ हाम्रो स्वाभिमानमा ?

तर विडम्बना छ्यास्छ्यास्ती देखिन्छन नेपाल भारत सीमा क्षेत्रमा यस्ता दृश्य । सीमा स्तम्भमा भैंसी बाँधेको, आडैमा घर बनाएको प्रशस्तै देख्न पाइन्छ ।

दुई देशले आपसी सहमतिमा सिमाना खुला राख्न सक्छन् । दुबै तर्फका नागरिक सहजै आउजाउ गर्न सक्छन् ।

अन्तराष्ट्रिय कानुनअनुसार दशगजामा सीमा जोडिएका देशले निश्चित जमिन छोडेको हुन्छ ।
सँधियार देशले दशगजा क्षेत्रको उपयोग गर्न पाउँदैन । न दुबैपट्टिका नागरिकले संरचना बनाउन पाउँछन् । दशगजा क्षेत्रको जमिन सँधै खाली रहन्छ ।

नेपाल भारत खुल्ला सिमाना छ । खूल्ला सिमाना भए पनि दशगजा क्षेत्रको कसैले प्रयोग गर्न सक्दैन । वास्तविकता भने त्यस्तो छैन ।

दुबै देशका नागरिकले दशगजालाई आँगन हुनेगरी दुबैतर्फ घर निर्माण गरेका छन् । पिलरमा राँगा भैंसी बाँधेका छन् ।

पिलरको आडमा घर निर्माण गरेका छन् । यस्तो प्रतित हुन्छ त्यो सीमा स्तम्भ नभएर कुनै खाँबो हो । जसको आडमा स्थानीयले आफ्नो बस्तु बाँध्ने गरेका छन् ।

अहिलेको महामारीमा सीमा बन्द गरिएको पटक्कै प्रतित हुँदैन यस्ता दृश्यले । यो अर्को देश होइन आफ्नै गाउँ हो जहाँ सहजै घुमफिर गर्न सकिन्छ जस्तो महशुस हुन्छ ।

सीमानामा रहेको बस्तीका मनिसहरुको गतिविधिले उनीहरुको बीचमा दश गजा छ भन्ने भान नै हुँदैन । पारिको मानिस हँसिया,बञ्चरो बोकेर वारि आइरहको हुन्छ । वारिको मानिस झोला बोकेर पारि गइरहेको हुन्छ । उत्ताका गाई भैंसी चर्दै यता आइ पुग्छन्, यताका चर्दै उता पुग्छन् ।

दुबै तर्फबाट दश गजा मिचिएको छ । आ–आफ्नो देशको सिमानामा बस्ने नागरिक नभएर छिमेकी जस्ता लाग्छन् । जोसुकै, जतासकुै, जुनसुकै बेला आउजाउ गर्न सक्ने, यस्तो महामारीको घडीमा ?

शब्द- तस्बीर : यज्ञ अधिकारी