Rumpum Advertisement

आँपको लोभ देखाएर ११ वर्षिय बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
आँपको लोभ देखाएर ११ वर्षिय बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

जनकपुर, २२ असार । भैंसी चराउन गएकी बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ की ११ वर्षीया बालिका कञ्चन पंजियारको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा भारतीय नागरिक ३२ वर्षिय दीपु सिंहलाई पक्राउ गरेको हो । सिंह भारत उत्तर प्रदेशको मलिहावादका हुन उनी मिश्र इन्ड्रष्टिजमा काम गर्दै आएका थिए ।

बुधबार घरबाट भैंसी चराउन गएकी बालिका कञ्चन वेपत्ता भएकी थिइन । खोजी गर्ने क्रममा प्रहरीले शुक्रबार अर्धनग्न अवस्थामा शव फेला पारेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका सिंहले आँप टिपेर दिने भन्दै बालिकालाई लिएर गएका थिए । आप खान पाउने आशमा गएकी बालिकाको जवरजस्ती करणीपछि हत्या भएको प्रहरीको दाबि छ ।

प्रहरीले सिंहलाई हत्यामा संलग्न भएको आरोपमा आइतबार पक्राउ गरेको हो । धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार सिंहले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन ।